Duration 3:34

कविता `आमा´ man chune line haru / दम छ भने आँसु रोकेर बस्नु

1 331 watched
0
35
Published 16 Jan 2020

कुनै एकान्त ठाउँमा गएको बेला आमा सम्झे मन रुन्छ। बढी न्यास्रो लाग्छ अनि आमाभन्दा आँसु र्झछ। नजिक भए खुसीका अनि टाढा भए वेदनाका आँसु र्झछन्। त्यो आमाप्रतिको गहिरो प्रेम भएर नै हो। एक विश्वचर्चित व्यक्ति एवं अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्-’आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैन। आमा प्रेम र विश्वासको बास्केट हो, एउटा सन्तानको लागि। एउटा भनाइ छ-’प्रेम र विश्वासको बास्केटमा हिंसाले कुनै ठाउँ पाउँदैन।’ आमाबाट हिंसा हुने कुरा कल्पना बाहिर हुन्छ। साँच्चै भन्ने हो भने आमा छोडेर कतै गएमा एक्लो वा केही न केही अभाव भएजस्तो महसुस हुन्छ। आमा संसार हो। संसारमा सबै कुरा पाइन्छ तर आमा पाइँदैन। आमा सन्तानको ढुकढुकी हो। बालबालिकाको आशा र भरोसा हो। अनि समाजको गहना हो। आमाबिनाको परिवार खल्लो हुन्छ। आमाको बारेमा शब्दमा भूमिका बाँधेर केही लेखेरमात्र पुग्दैन। यसको वर्णय गरी साध्य छैन। आमाबिनाको जीवन पानीबिनाको माछाजस्तै हुन्छ। जहाँ आमा, त्यहाँमात्र राम्रो सपना देख्न सकिन्छ। आमाबिनाको जीवन मरुभूमिजस्तै हो। जहाँ मनले खुसी हात पार्न सक्दैन। आमा सन्तानको लागि महादेवता हुन्। आमाको बारेमा मातातीर्थ औंसीको दिनमात्र गुणगान गाएर आमाको भलो हुँदैन। आमालाई हेला गर्ने सन्तानलाई कुनै न कुनै समयमा नराम्रो आइलाग्छ। आमाको ओठमा सधैँ हाँसो दिन सक्नु नै सन्तानको सबैभन्दा ठूलो धर्म हो। जहाँ आमा त्यहाँ सधै घामछाँया हुन्छ। आमाको सक्रियता सन्तानको भाग्य र भविष्य निर्माणसँग सम्बन्धित हुन्छ। आफूले खाई नखाई आफ्नो सन्तानलाई मीठो मसिनो खान दिने आमाको कर्त्तव्यप्रति कसैको गुनासो रहँदैन। आफूले निल्नै लागेको गास पनि सन्तानलाई दिन उत्साहित हुन्छन्। कैयौं पीडा सहेर जन्म दिने भनेकै आमाले हो। आफ्नो दशधारा दूध पिलाएर नाना ताते गर्दै हुकाउने पनि आमाले हो। सबैभन्दा पहिलो माया साटासाट गर्ने वर्ग पनि आमा नै हो। पिठ्यँूमा घाँसपातको भारी अनि भारीमाथि नानीबाबुलाई बोकेर घरगोठ गराउने पनि आमा नै हुन्। बालकको चौतर्फी विकासको विषयमा गहिरो व्यवहारिक चिन्तन दर्शाउने वर्ग पनि आमा नै हो। आमालाई जवानीमा त्यति धेरै माया दिने नदिने सन्तानको कुरा हो तर साथ दिनु पर्दछ। जब आमा कमजोर हुँदै जान्छिन्, आमाको हेरविचार एवं स्याहार सहयोगमा कत्ति पनि कमी आउन दिनु हुँदैन। भनाइ छ, अरुको लाखभन्दा आमाको काख नै प्यारो हुन्छ। संसारको सबैभन्दा रमाइलो समय भनेको आमाको फरियामा बेरिदा एवं काखका कोकोहोलो गर्दा हुन्छ। आमाले यस संसारमा जन्म दिनुभएको छ। त्योभन्दा ठूलो आमाको महिमा गर्ने अरु केही छैन। आमा जीवनको ज्योति हो। मायाको सागर हो। जीवनको पहिलो प्रभावकारी ज्ञानरुपी पाठशाला पनि हो। तसर्थ हिजोका दिनमा स्याहार गर्दागर्दै शिथिल आमाको जीवनलाई सुखी स्वास्थ्य र सम्पन्न बनाउन जीवनको महत्वपूर्ण पाटो आमाको बुढेसकालको सहाराको लागि खुसीसाथ खर्च गर्नैपर्छ। पूर्ण रेखदेख एवं लालनपालन गर्ने काम सन्तानको हो। तसर्थ सबै सन्तानले आफ्ना जीवनदातालाई उच्च सम्मान एवं रेखदेखका साथ पालनपोषण गर्न कम्मर कसेर लाग्नु पर्दछ। #trending #popular

Category

Show more

Comments - 2