Duration 4:26

सामुदायिक बिद्यालयमा राजनितिको कालो छाँया Dailekh

279 watched
0
6
Published 6 Dec 2021

राजनितिको कालो छाँयामा सामुदायिक बिद्यालय हेर्दा सुन्दर गाँउ । थपक्क बसेको बस्ती । चामुण्डा बिन्द्राशैनी नगरपालिका वडा नं. ५ स्थित बस्ताकोट । यसै गाँउको बिचमा व्याड राखिएको छ । तर यो धानको हैन वालवालिकाको लागि आधारभूत बिद्यालय । धानको व्याडमा किसानको धेरै लगाव हुन्छ तर देशकै भविश्य बनाउने अक्षर सिकाउने व्याडको दुरावस्थाले कस्को मन कुटुक्क नखाला र ? स्थानियकै सहजताको लागि बिक्रम संवत २०४० सालमा स्थापना गरिएको श्री जनता माध्यायमिक बिद्यालयको स्थापना गरियो । समय संगै सम्पन्न हुदै जानुपर्नेमा झन बिपन्न बन्दै गयो । आधारभूत तहको पुरानो संरचना जो अहिले जिवन मरणको अवस्थामा पुगेको छ भन्दा फरक पर्देन । भने कतिवेला कहाँबाट के खस्ने हो भन्ने चिन्ता वालवालिकामा उस्तै छ । बिद्यालय स्थापनाको करिव ४० बर्ष पुग्नै लागेको यस बिद्यालय अहिले तल्लो भागबाट पहिरोको जोखिममा परेको छ । माथिबाट आकाश खस्ने चिन्तामा वालवालिकाहरु अध्ययन गर्न बाध्य छन् । ०७७ साल श्रावण २५ गतेको अभिरल बर्षाले पुरानो संरचनाको पत्थरी घुरी खस्यो र त्यसको ठिक एब बर्ष पछि २०७८ साल भाद्र ८ गतेको अभिरल बर्षा आँधीले दोस्रो भवनको टिनको पाता पनि उडायो । सरचना जिर्ण भएकै कारण बत्ति जोड्न सकिएको छैन । बत्ति नभएकै कारण प्रोजेक्टर,कम्प्यूटर लगाएत बिद्युतिय उपकरणहरु प्रयोग बिहिन बनेको छ । करिव २ सय ५० भन्दा बढि बिद्यार्थी रहेको यस बिद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । तर ५ वटा कक्षा काठा मध्य ३ वटा कोठा भत्किए पछि बिद्यालयको आँगन नै सवै कक्षाको कोठ बनेको छ भने परिसरमा भएको बरको छहारीनै छानो बनेको छ । मौसममा आउने हरेक परिवर्तननै बिद्यालय बन्द बिदा हुने कारण बन्छन् । वालवालिकाका त्रास मात्र हैन बिद्यालय गएका केटा केटिहरु के गरेहोलान चिन्ता अविभावकलाइृ पनि उस्तै हुन्छ । उखानै छ “खोलो तरे तर लौरो बिर्सिय ” भनेजस्तै बिद्यालय बनेको छ । आफैले क ख रा सिकेका बिद्यालयको यस्तो दुरावस्था देख्दा पनि अनेकौ पटक बिद्यालय परिसर भएर आवतजावत गर्ने कोहि कसैले नजर पर्न सकेको छैन् । बरु जस्ले नदेखे हुन्थ्यो भनेको हो उसैको प्रकोपले बिद्यालय जिर्ण बन्दै गएको छ । अरु को हुनु उहि प्रचण्ड घाम, काल ल्याएको झरी, आश्रय हर्ने हुरि । जस्ले बिस्तारै बिद्यालय भताभूंग बन्दै गएको छ । बिद्यालयले धेरै पुस्ता अध्यापन गरायो । यहि बिद्यालयका पूर्व बिद्यार्थीनै यसै बिद्यालयको प्रधानाध्यापक छन् । पूर्व बिद्यार्थीनै वडा अध्यक्षा बनेका छन र यत्ति मात्र हैन सोहि वडाकै अहिले प्रतिनिधि सभाको माननिय छन् । झटट् हेर्दा सवै क्षेत्रका प्रतिनिधिहरु गाँउले पाएको छ । तर बिद्यालयमा कोहि कसैको पनि नजरमा पुग्न सकेको छैन । बिद्यालय व्यवस्थापन समिति निर्माण गर्दानै चरम राजनितिको चंगुलमा फस्यो । पार्टि त मिल्यो तर गुट मिलेन । व्यवस्थापन समितिको कुरा वडा कार्यालयले नसुन्ने र वडाको कुरा कार्यपालिकाले नसुन्ने त्रि पक्षिय कोप भाजनमा बिद्यालय मृत्यूको श्वास गनिरहेको छ । २ चार लाखमा मर्मत गरेर प्रयोगमा ल्याउन सकिने हुँदा हुँदै पनि करोडौको आशामा दिन कटिरहेको छ । अभिभावक र जनप्रतिनिधी जिम्मेवारीबाट पन्छिन खोजेको प्रस्ट देखिन्छ । वडा सरकार प्रत्येक बर्ष बजेट बिनियोजन गरिरहेको दावि गर्छ तर संरचनामा भन्दा शिक्षक पाल्दैमा बजेट जाने गरेको छ । बिद्यालय पुन निर्माणका लागि मध्यपहाडि राजमार्गको यात्रामा निस्केका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्राईलाई समेत ज्ञापन पत्र बुझाए । अनेकन प्रयत्न पनि गरे । तर आशै आसमा दिन महिना बिते । कुनै पनि देश विकासको मुल ढोका शिक्षा नै हो भन्ने कुरामा केन्द्र, प्रदेश र स्थानीय तहले आत्मसात गर्नुपर्दछ । नागरिकलाई आधारभूत शिक्षामा पहुँचको, आर्थिक रुपले विपन्न नागरिकलाइ निशुल्क शिक्षाको शुनिश्चितता लगाएतको व्यवस्थाहरु संबिधानमा उल्लेख छ । तर निजि शैक्षिक सस्थाहरुको तुलनामा सामुदायिक शिक्षा कमजोर हुदै गएको छ भन्दा अनौठो मान्नु पर्ने छैन तर त्यसो हुन सकेको छैन । स्थानिय नागरिक,नजप्रतिनिधि संगै राजनितिक दलहरुको बोलि र व्यवहारको कोप भाजनमा सामुदायिक बिद्यालयहरु सिकार बन्दै गएको छ । यस तर्फ सरकारको गम्विर ध्यानाकर्षण हुन जरुरी छ ।

Category

Show more

Comments - 1